लक्ष्मी गेष्ट हाउसमा वेश्यावृती, प्रहरीद्वारा छापा

राजविराज । सप्तरीमा मानव बेचबिखन तथा ओसार पसार कसूरमा प्रहरीले होटल संचालक र प्रबन्धकलाई पक्राउ गरेको छ ।

राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल रहेका छन् ।

गेष्ट हाउसमा वेश्यावृती भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 November 27, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया