टक्सनको जेलभित्रै पूर्व प्रहरीलाई चक्कु प्रहार

न्युयोर्क । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु प्रकरणमा जेल सजाय काटिरहेका पूर्व प्रहरी अधिकारी डेरेक चाउभिन एरिजोनाको जेलमा चक्कु प्रहार भएको छ ।

अमेरिकामा सन् २०२० मा जर्जको हत्यामा चाउभिनलाई जेलभित्र चक्कु प्रहारबाट घाइते भएका छन् । चाउभिनको अवस्था गम्भीर रहेको छ ।

कारागार व्यूरोको विज्ञप्तिअनुसार चाउभिनलाई स्थानीय समय अनुसार शुक्रबार बिहान १२:३० बजे टक्सनस्थित संघीय कारागारमा कैदीले आक्रमण गरेका छन् । आक्रमण गर्ने कैदीको नाम भने खुलाइएको छैन ।

अमेरिकी अदालतले सन् २०२० मा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युको मामिलामा पूर्व पुलिस अफिसर डेरेक चाउभिनलाई हत्याको दोषी ठहराएको थियो । उनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो । एजेन्सी

Published : Sunday, 2023 November 26, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया