मोरङमा सरकारी छाप दस्तखत कीर्ते गर्ने पाँच जना पक्राउ

विराटनगर । मोरङमा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

Published : Saturday, 2023 November 25, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया