वडाको सिफारिस लिएर आए पैसा नभएका जनताले पनि उपचार पाउँछन् : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्षको कार्यकालमा जनाताले अपेक्षा गरेको भन्दा धेरै काम गर्ने योजनासहित अघि बढेको बताएका छन् ।

‘पाँच वर्षमा जनाताले मागेको भन्दा धेरै काम गर्छु’, उनले भने, ‘ढुक्क हुनुस् सबै क्षेत्रमा राम्रो गर्छौ, मेरो काम गर्नै शैली तौरतरिका देखेरै तपाईहरूले मलाई जिताउनु भएको हो, म तपाईहरूको मत खेर जान दिन्न ।’

सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका- २, महेन्द्र माविमा शुक्रबार आयोजित न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा मन्त्री बस्नेतले आफू निवार्चित क्षेत्रमा मात्र नभइ देशभर स्वास्थ्य, सडक, शिक्षा, सिँचाइलगायतका क्षेत्रमा समस्या रहेको बताउँदै समस्या समधानमा आफू लागि परेको बताए ।

उनले गरिबीका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने बताए । पैसा अभावले उपचार नपाएको भए वडाको सिफारिस
लिएर लिएर आउन आग्रह गर्दै नि:शुल्क स्वास्थ्य उपचार गरिदिने बताए ।

मन्त्री बस्नेतले ठूला ठूला भाषणा गरेर हैन सल्लाह सुझाव दिएर काम गरेमात्र विकास सम्भव हुने बताएका छन् । आफ्नो गाउँ ठाउँको विकास सबै मिलेर गर्न आग्रह गर्दै मन्त्री बस्नेतले भने, ‘खानेपानीको काम एउटा पार्टीले गरे सडक कालोपत्रे अर्कोले गरौँ, गुणस्तरीय शिक्षामा जोड दिउ, अर्काको काममा बाधक नबनेर काम गरेर देखाउ र सबै मिलेर आफ्नो ठाउँलाई सुगम बनाउ ।’

उनले इन्द्रावती २ का जनातालाई स्वास्थ्य चौकी सुधार र भवन निर्माणका लागि तत्काल आवश्यक समाग्री र बजेट उपलब्ध गराउने बताएका छन् ।

उनले पैसा अभावले शिक्षाबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भनेर बाह्रबिसे नगरपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले १२ कक्षासम्मको शिक्षा नि:शुल्क गरिसकेको बताए । उनले अन्य गाउँपालिका र नगरपालिकाले पनि नि:शुल्क शिक्षा लागू गर्नु पर्नेमा बताएका छन् । उनले १२ कक्षासम्मको शिक्षा नि:शुल्क हुनुपर्छ भनेर क्याविनेटमा कुरा राखेको बताए ।

Published : Saturday, 2023 November 25, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया