अहिलेको स्वतन्त्रता ०४६ कै उपलब्धी हो : कांग्रेस नेतृ सिंह

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले २०४६ सालको उपलब्धीका कारण सर्वसाधारणहरू अहिले पनि निर्धक्क सडकमा घुमफिर गर्ने गरेको टिप्पणी गरेकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ सिंहले ०४६ सालभन्दा अगाडि सर्वसाधारणहरू प्रहरीसँग डराउने गरेको बताएकी छिन् । जुन उदेश्यले सडकमा आए पनि सबैमा डरको भाव नरहेको उनले बताएकी छिन् । सिंहले त्यो लोकतन्त्रको प्राप्ति नै रहेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘आजकल (०४६ सालपछि) प्रहरीसँगै आउने देख्ने जो कोहीको फोटो हेर्दा देख्दा मिडियामा छाउन र आउनको लागि (फेसबुक लगायत…) मात्र लाग्ने देख्ने (मेरै आफ्नै अनुभवले पनि) अनुहारमा न डर छ/हुन्छ, न त्रास, न चिन्ता…छर्लंङ्गै देखिने…यो पनि प्रजातन्त्र/लोकतन्त्रको नै उपलव्धि होला ।’

पछिल्लो समय विभिन्न माग राखेर सडकमा भइरहेका प्रदर्शन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आउने अन्तर्वार्ता सबै २०४६ सालको उपलब्धी रहेको कांग्रेस नेतृ सिंहको भनाइ छ ।

नेतृ सिंह नेपाली कांग्रेसका संस्थापक नेता तथा लौह पुरुष गणेशमान सिंह बुहारी समेत हुन् ।

Published : Friday, 2023 November 24, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया