तुलसीपुरमा कमल डाँगी मृत अवस्थामा फेला
घोराही । दाङमा ४० वर्षीय कमल डाँगी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुर घर भई तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ रानीजरुवा डेरा गरी बस्ने डाँगी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
उता, चितवनको भरतपुर महानगरपालिका–१२ घर भई सोही महानगरपालिका–९ धौलागिरी मार्ग डेरा गरी बस्ने ३५ वर्षीय सोराज मल्ल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका–११ लामाटोलस्थित नवजागृती सामुदायिक वनको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगति नगरस्थित तिनाउ खोलाको छेउमा सोही ठाउँ डेरा गरी बस्ने स्याङजाको कालीगण्डकी गाउँपालिका–१ कारीकोट घर भएकी ४६ वर्षीया ननीसरा थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया