बरूण घिमिरेको हत्या गर्ने आठ जना टोले गुण्डाको गिरोह पक्राउ
काठमाडौं । बर्दियामा कुटपिट गरि हत्या गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योतिनगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दीपेश बुढा मगर, सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दीप थारू, सोही नगरपालिका–८ गंगानगरटोल बस्ने १९ वर्षीय दीनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।
गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ ।
घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया