भक्तपुरमा नवजात शिशु मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सूर्यबिनायक नगरपालिका–४ पात्लेटारस्थित खोल्साको झाडीमा नवजात बालिका शिशु बुधबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेकी छन् ।

बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानूनी प्रकृया पूरा गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 November 16, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया