टेकु कालोपुलबाट नगदसहित चापागाउँका शर्मा पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपियाँसहित ललितपुरको चापागाउँ डेरा गरी बस्ने भारतको सीतामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपियाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2023 November 15, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया