दुर्घटनामा शैरुन खातुनको मृत्यु
काठमाडौं । रौतहट जिल्लामा अटो र मोटर साइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको छ ।
कात्तिक २९ गते बिहान करीव १० बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको जगत पेट्रोल पम्प नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २ ह २४५३ नं. को अटो र सोहि दिशातर्फ आउँदै गरेको ज ७ प ८२५० नं. को मोटरसाईकल एकआपसमा ठोक्किदा चन्द्रपुर नगरपालिका वडा नं. ४ मुस्लिम टोल बस्ने खातुनको टाउको र दाहिने कुममा चोट लागेको थियो ।
वीरगंजस्थित नेश्नल मेडिकल कलेजमा खातुनको उपचारका क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2023 November 15, 7:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया