ललितपुरको युनसान रेष्टुरेन्टमा प्रहरी छापा, मानिसहरु पक्राउ
काठमाडौं । ललितपुर र कालीकोट जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरूष गरी जम्मा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३ हजार ४ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
कालीकोटको खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डे समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय ४० रूपियाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया