पहिरोमा पुरिएर जेसीबी चालकको मृत्यु
काठमाडौं । कालीकोट जिल्लामा पहिरोमा पुरिएर जेसीबीका चालकको मृतयु भएको छ ।
शुभकालिका गाउँपालिका–१ कालेखोला नजिक कर्णाली करिडोरमा भे.१ क ८६७ नम्बरको जेसीबी पहिरोमा पुरिएर चालक पचालझर्ना गाउँपालिका–८ बस्ने ३२ वर्षीय धिरबहादुर सन्ज्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिडोरस्थित बाटो डबल कटिङ गर्ने क्रममा शुक्रबार दिउँसो पहिरो जाँदा जेसीबीसहित चालक पुरिएको भन्ने खबर प्रहरीलाई स्थानीयले गरेका थिए ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट र प्रहरी चौकी लालुखुलालुबाट खटिएको प्रहरीले जेसीबीद्वारा उद्धार गर्ने क्रममा च्यापिएको अवस्थामा शनिबार बिहान उनको शव फेला पारेको हो ।
Published : Saturday, 2023 November 11, 8:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया