प्रहरीद्वारा काठमाडौंमा लक्ष्मीलाई पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट हत्यामा संलग्न एकजना महिलालाई पक्राउ गरेको जनाएको छ ।

अछाम जिल्लामा १८ वर्षीय किशोरको हत्या भएको घटनामा संलग्न रहेर फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौंबाट बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेकी छिन् ।

पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी लक्ष्मीलाई प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

Published : Thursday, 2023 November 9, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया