हतियार काण्डमा असी वर्षीय वृद्धसहित भगवानपुरबाट ५ जना पक्राउ

वीरगञ्ज । बारामा प्रहरीले विभिन्न हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

सिम्रौनगढ नगरपालिका–११ भगवानपुरबाट विभिन्न हातहतियारसहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका–११ भगवानपुर बस्ने ३५ वर्षीय उपेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, २७ वर्षीय धरिन्जन पटेल, रौतहटको देवाही गुनाही नगरपालिका–३ बस्ने ८० वर्षीय शोभा राउत र रौतहटको बौधिमाई नगरपालिका–२ बस्ने ४४ वर्षीय राज मंगल पटेल रहेका छन् ।

उपेन्द्र पटेलको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले घर तलासी गर्दा घरेलु रिभल्बर १ थान, सोही रिभल्बरको गोली ७ राउण्ड, घरेलु नलकटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली ३ राउण्ड फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उपेन्द्रको घर आगाडि रोकी राखेको ना.९ प २६३० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Thursday, 2023 November 9, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया