धेरैको चरित्रहत्या गरेर हैरान बनाएका यूट्युबर मनोज मानव पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटी, काठमाडौंले युट्युबर मनोज मानव भनिने मनोजकुमार मेहतालाई पक्राउ गरेको छ ।

बुधबार राति काठमाडौंको कीर्तिपुरबाट व्यूरोको टोलीले मनोजलाई पक्राउ गरेको व्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताएका छन् ।

एक महिलाले सामाजिक सञ्जालमार्फत मनोजले आफ्नो चरित्र हत्या गरेको भनेर व्यूरोमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा मनोज पक्राउ परेका छन् ।

मनोजले ‘स्टार अनलाइन टिभी’ नाम गरेको यूट्युब च्यानल चलाउने गरेका छन् । मनोजका प्रस्तुतिहरू व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिका हुन्छन् ।

मनोजलाई म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौं लगिएको छ । मनोजका हर्कत र गतिविधिबाट धेरै सर्वसाधारण पीडित छन् ।

Published : Thursday, 2023 November 9, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया