बडीगाडको ओडारमा चार थान बन्दुक फेला

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बेवारिसे अवस्थामा रहेकाचार थान बन्दुक बरामद गरेको छ ।

कात्तिक २१ गते बिहान ११ बजेर २० मिनटमा ईलाका प्रहरी कार्यालय भीमगिठेबाट गस्तीमा गएको प्रहरी टोलीले बडीगाड गाउँपालिका वडा नं. ८ रणसिंह किटेनीखोलास्थित गोरेटो बाटो नजिकै मौरीभिरको ओडारमा चार थान बेवारिसे बन्दक फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

गस्तीमा रहेको प्रहरी टोलीलाई स्थानीय एक व्यक्तिले ओडारमा भरुवा बन्दुक तीन थान रहेको सूचना दिएका थिए ।

Published : Wednesday, 2023 November 8, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया