उमेर पुगेका गुल्मीका युवकले पाल्पाकी युवतीलाई बारीमा लगेर करणी

पाल्पा । प्रहरीले पाल्पा जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको ईस्मा गाउँपालिका–६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

तानसेन नगरपालिका–८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

Published : Wednesday, 2023 November 8, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया