भारतले बनाइदियो शिक्षण अस्पतालमा बर्थिङ सेन्टर, अर्थमन्त्रीको उपस्थितिमा हस्तान्तरण
काठमाडौं । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा नेपालका लागि भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा बर्थिङ सेन्टर हस्तान्तरण गरेका छन् ।
भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत नेरु. १३ करोड लाग्ने थप तीन वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नेपालकै प्रतिष्ठित चिकित्सा संस्थामध्ये एक हो ।
नेपाल–भारत विकास सहकार्य ढाँचा अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु. ४.४०४ करोड लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलादेवी बर्थिङ सेन्टरको निर्माण गरिएको छ ।
कोभिड–१९ महामारीको समय र यस अस्पतालका विभिन्न विभागलाई २ थान ४० केभीए डिजल जेनेरेटर, ५ वटा बस र २ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ । जसमध्ये एउटा एम्बुलेन्समा एडभान्स लाइफ सर्पोटको सुविधा रहेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरूले बर्थिङ सेन्टर नर्सद्वारा रेखदेख गरिनेछ ।

नेपालका अन्य क्षेत्रमा कार्यान्वयनका लागि यो बर्थिङ सेन्टर नमूना बर्थिङ सेन्टरको रुपमा काम गर्न सक्ने बताउँदै उनीहरूले यसले मातृ मृत्युदर घटाउन मद्दत पुर्याउने बताएका छन् ।
स्थानीय तहमा कार्यरत नेपाली संस्थामार्फत भारतको अनुदान सहयोगमा साना विकास परियोजनाको कार्यान्वय नगर्न नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय सम्झौतामार्फत वि.सं. २०६० कात्तिक २१ गते उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सुरुवात गरिएको थियो ।
जसलाई पहिले साना विकास परियोजनाको नामले चिनिन्थ्यो । यी परियोजनाहरू नेपालसँगको विकास साझेदारीको नवीन एवम् महत्वपूर्ण अंशको रुपमा रहेको भारतीय राजदूतावासले जनाएको छ ।
नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरुमापूर्वाधार निर्माण गरी नेपालका भुँइ तहका मानिसहरूको जीवनस्तर सुधार्न यी परियोजनाहरूको कार्यान्वयन गरिएको हो ।
राजदूत श्रीवास्तवले विगत बीस वर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निकै सफल रहेको बताए ।
सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी प्रशिक्षण, खानेपानी, विद्युत, सिंचाइ, संस्कृति, समाज कल्याण जस्ता विविध क्षेत्रमा करिब ५५० वटा परियोजना यस ढाँचा अन्तर्गत अघि बढेकोमा सन्तोष व्यक्तगर्दै राजदूत श्रीवास्तवले यसले मानिसहरूको जीवनमा प्रत्यक्ष प्रभाव पारेको बताए ।
यीमध्ये ४८० वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । बाँकी निर्माणाधीन अवस्थामा रहेका छन् ।
विगत बीस वर्षको अवधिमा नेपाल–भारत विकास सहकार्य अन्तर्गत नेपालमा हरेक पन्ध्र दिनमा एकभन्दा बढी नयाँ परियोजना वा हरेक वर्ष २७ वटाभन्दा बढी परियोजना कार्यान्वयन हुने गरेको छ ।

अर्थमन्त्री डा.महतले नेपालमा विकास पूर्वाधार निर्माणमा निरन्तर सहयोग गरेकोमा भारतलाई धन्यवाद व्यक्त गरेका छन् ।
डा.महतले उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत र नेपालबीचको विकास साझेदारीको आधारशीला भएको बताएका छन् ।
नेपाली जनताको जीविकोपार्जनमा प्रभाव पार्नेे यी परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने अर्थमन्त्री डा.महतले सुनिश्चितता दिलाएका छन् ।
राजदूत श्रीवास्तवले नेपाल सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनलाई अझ व्यापक र सुदृढ बनाउने प्रतिबद्घता जनाएका छन् ।
यी उच्च प्रभाव सामुदायिक विकास परियोजनाले विविध क्षेत्रलाई समेट्नुका साथै नेपालको थुप्रै ठाउँमा फैलिएको छ ।
नेपालका सबै प्रदेशमा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाइएको छ ।
कोशी प्रदेशमा ८४ वटा परियोजना, मधेश प्रदेशमा ८१ वटा परियोजना, बाग्मती प्रदेशमा १०५ वटा परियोजना, गण्डकी प्रदेशमा ६१ वटा परियोजना, लुम्बिनी प्रदेशमा ६० वटा परियोजना, कर्णाली प्रदेशमा १४ वटा परियोजना र सुदूर पश्चिम प्रदेशमा ४१ वटा परियोजनाहरू सञ्चालित छन् ।
यी परियोजनाहरू एकभन्दा बढी प्रदेशमा फैलिएका १०७ वटा परियोजना बाहेकका हुन् ।
प्रत्येक वर्ष भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको उपलक्ष्यमा भारत सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।
हालसम्म नेपालका विभिन्न भागका लाभार्थीहरूलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ ।
प्रत्येक हप्ता एउटा एम्बुलेन्स र प्रत्येक महिना एउटा बस उपहार स्वरुप प्रदान गरिन्छ । यी सेवाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
यो पहलले नेपालका दुर्गम क्षेत्रमा बसोबास गर्ने भुँइ तहका मानिसहरूलाई समेत जोडेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया