वैज्ञानिक दाबी गर्ने दाङका रोका पुर्पक्षका लागि जेल चलान

घोराही । उच्च अदालत तुलसीपुरले बलात्कार मुद्दामा धरौटीमा छुटेका दाङका मार्सल रोकालाई पुर्पक्षमा राख्न आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन्द र अच्युतमकुमार आचार्यको संयुक्त इजलासले जिल्ला अदालत दाङको धरौटीमा छाड्ने आदेशलाई उल्ट्याइदिएको हो ।

रोकालाई जिल्ला अदालत घोराहीले धरौटीमा छाडेको थियो । उच्च अदालतको आदेशपछि रोका थुनामा पुगेका छन् । रोकाले आफूलाई वैज्ञानिक दावी गर्ने गर्छन् ।

रोकालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध पीडित पक्ष उच्च अदालत तलसीपुर गएको थियो ।

उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता मोहन सागर बस्यालले रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको बताए ।

Published : Sunday, 2023 November 5, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया