बुर्तिबाङ बजारबाट मीना थापा पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले फरार प्रतिवादी ४२ वर्षीया मीना थापालाई पक्राउ गरेको छ ।

ढोरपाटन नगरपालिका वडा नं. १ निवासी थापालाई प्रहरीले बर्तिबाङ बजारबाट पक्राउ गरेको हो । पक्राउ गरेर थापालाई कात्तिक १९ गते आइतबार जिल्ला अदालत बागलुङमा पेस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

लागुऔषध गाँजाको मुद्दामा थापालाई अदालतबाट २०७९ सालको असार १७ गतेको फैसलाबाट १ वर्ष ३ महिना २४ दिन कैद र ५ हजार जरिवाना फैसला भएको छ ।

Published : Sunday, 2023 November 5, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया