देउखुरीमा कोइलाबास जाने सडक नजिकै शव फेला

लमही । दाङको देउखुरीस्थित गढवा गाउँपालिकाको वडा नं. ५ गोठरीमा पुरुष व्यक्तिको शव फेला परेको छ ।

कोइलाबास जाने बाटोदेखि करीव ६० मिटर टाढा हाल नाम, थर, वतन नखुलेको पुरुष व्यक्तिको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

अपरिचत पुरुष व्यक्तिको शवका विषयमा जिल्ला प्रहरी कार्यालय दाङले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Sunday, 2023 November 5, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया