देउखुरीमा प्रहरीद्वारा बन्दुकसहित दिलबहादुर र निमबहादुरलाई पक्राउ

लमही । दाङको देउखुरीमा प्रहरीले विभिन्न हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–६ बस्ने ४९ वर्षीय दिलबहादुर राना र ४५ वर्षीय निमबहादुर बुढालाई विभिन्न हातहतियारसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2023 November 4, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया