धनुषामा गुल्जारले बाख्रीको लिङ्ग र अण्डकोष बनाए, प्रहरीद्वारा गिरफ्तार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले खसीको मासु भनेर बाख्रीको मासु बिक्री गर्ने गुल्जार महम्मदलाई पक्राउ गरेको छ ।

कात्तिक १६ गते बिहान ९ बजे ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले गुल्जारलाई पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

धनुषाको क्षिरेश्वररनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गुल्जारले ‘साहिल फ्रेस हाउस’ संचालन गरेका छन् ।

गुल्जारको मासु पसलमा चेकजाँच गर्दा खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रीलाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

खसीको मासु र बाख्रीको मासु नाप तौल गर्दा छाला भएको खसीको मासु २१ किलो र बाख्रीको मासु ८ किलो समेत बरामद गरी बरामद गरेक मासुसहित उक्त पसलको संचालक गुल्जारलाई नियन्त्रणमा लिइएको छ ।

गुल्जारलाई नियन्त्रणमा लिएर महेन्द्रनगर, धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Friday, 2023 November 3, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया