कान्तिपुरको अहँकार र घमण्ड भत्काउन आन्दोलन घोषणा, सिरोहियालाई तह लगाउने
काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुप केन्द्रित गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
कान्तिपुरबाट ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरेको विरोधमा महासंघले शुक्रबार विज्ञप्तिमार्फत दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
कात्तिक १८ गतेदेखि शुरु हुने दोस्रो चरणको आन्दोलनका कार्यक्रम मंसिर १० गतेसम्म चल्नेछन् । घोषित आन्दोलनका कार्यक्रम अनुसार हरेक दिन सेन्ट्रल बिजनेस पार्क थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुप परिसरमा साढे २ बजेदेखि साढे ४ बजेसम्म पत्रकारले दुई घण्टा धर्ना दिनेछन् ।
कात्तिक २३ गते माइतीघर मण्डलादेखि कान्तिपुर पब्लिकेसन्ससम्म ‘सम्पादकको खोजी’ हुनेछ ।
मंसिर १० गतेसम्म धर्नासहित अन्य सिर्जनात्मक कार्यक्रमहरू गरिनेछ । मिडियाका श्रम समस्या समाधानका लागि विभिन्न संघसंगठनहरूसँग छलफल, राष्ट्रिय/अन्तर्राष्ट्रिय निकायमा पत्राचार, प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षको ध्यानाकर्षण, संसदीय समितिमा ध्यानाकर्षण, अन्तर्राष्ट्रिय संस्थाहरूसँग पत्राचार तथा भेटघाट लगायतका कार्यक्रम गरिनेछ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सहयोग गर्न व्यंग्यात्मक रुपमा कात्तिक २५ गते कान्तिपुरको बैंक खातामा १ रुपियाँ जम्मा गरिनेछ ।
यसअघि सम्पन्न धर्ना लगायतका कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै घोषित थप कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा हार्दिक आग्रह गरेको छ ।
आन्दोलनका कार्यक्रमहरू श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने सबैमा जानकारी गराइन्छ ।
व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको जनाएको छ ।
कान्तिपुर ग्रुपका मालिक कैलाश सिरोहियाको दादागिरि निकै बढेको छ । पत्रकार महासंघको चेतावनीलाई सिरोहियाले टेरपुच्छर लगाएका छैनन् । सिरोहियाको अहँकार र घमण्डलाई महासंघले तह लगाउने गरेर आन्दोलन शुरु गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया