गोरखा घर भएका दुईजना केटाहरू कालीमाटीबाट पक्राउ

काठमाडौं । श्रम स्वीकृति लगायतका नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेको प्रहरीले जनाएको छ ।

भिजिट भिषामा विदेश जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

प्रहरीले उक्त कागजात बनाउने दुवै जनालाई काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो ।

ट्राभल्सको कोठाबाट मोबाइल २ थान र सिपियु १ थान समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

Published : Friday, 2023 November 3, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया