एमालेका अध्यक्ष ओलीद्वारा युवा व्यवसायी प्रकाश र वरिष्ठ सौन्दर्यविद् रश्मिलालाई सम्मान
काठमाडौं । युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठ र वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई अनुराधा फिल्मस् सम्मान २०८० बाटसम्मान गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले श्रेष्ठ दम्पत्तिलाई सम्मान गरेका हुन् ।
वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठले रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयर, काठमाडौंमार्फत व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले निर्माण व्यवसाय गर्दै आएका छन् । श्रेष्ठ दम्पत्तिले व्यवसायमा गरेको योगदान र सामाजिक कार्यहरूको मूल्यांकन गर्दै अनुराधा फिल्मस् ईन्टरनेशनलले सम्मान गरेको हो ।
Published : Thursday, 2023 November 2, 9:46 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया