दाङका वली नेपालगञ्जमा तास खेल्दाखेल्दै पक्राउ, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । बाँके र कञ्चनपुर जिल्लाबाट प्रहरीले जुवातास खलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगंज उप–महानगरपालिका–२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालगंज बस्ने दाङको घोराही उप–महानगरपालिका–१५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले वलीसहितको समूहलाई नगद ८९ हजार ६ सय ३६ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

उता, कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको छ ।

सोही ठाउँ बस्ने २९ वर्षीय तेजबहादुर रानासमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Thursday, 2023 November 2, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया