बागमतीको प्रमुख सचेतक पदमा कांग्रेसका लम्साल नियुक्त
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोविन्द लम्साललाई नियुक्त भएका छन् ।
संसदीय दलका नेता बहादुरसिं लामाले प्रमुख सचेतकमा लम्साललाई नियुक्त गरेको पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
दोलखाबाट निर्वाचित सांसद कुन्दनराज काफ्लेले दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएपछि लम्साललाई लामाले नियुक्त गरेका छन् ।
प्रमुख सचेतक पदमा नियुक्त भएका लम्साल २०७९ मंसिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।
Published : Thursday, 2023 November 2, 3:49 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया