कपिलवस्तु-३ मा कांग्रेसको महासमिति सदस्य बिक्री, रुपा र ब्रह्मानन्दको चर्तिकला खुल्यो
चन्द्रौटा । नेपाली कांग्रेस कपिलवस्तु–३ मा महासमिति सदस्य छनोटमा धाँधली भएपछि पुन: निर्वाचनको मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ ।
पार्टी विधानविपरीत महासमिति सदस्य चयन गरिएको भन्दै आधा दर्जन महाधिवेशन प्रतिनिधिले पुनर्निर्वाचनको माग गरेका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरी महासमिति सदस्य बनाइएपछि विरोध भएको छ ।
केन्द्रीय सदस्य रूपा बिकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनोट गरेका छन् । बिकसहितको समूहले बलमिच्याइ गरेर आफू निकटकालाई मात्रै महासमिति सदस्य बनाएका छन् ।
पूर्वसांसद अभिषेकप्रताप शाहसहितका नेताहरूले महासमिति सदस्यका लागि पुन: निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी बिकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधानविपरीत सिफारिस गरेको निवेदनमा उल्लेख छ ।
पार्टी कार्यालयमा उजुरी हाल्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, नैनकला रेग्मी, प्यारमोहम्मद मियाँ, राधिका मालीलगायत छन् ।
उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले टिकट वितरणमा आकांक्षीहरूसँग पैसा लिएको भन्दै आवश्यक परे प्रमाण पेस गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा दर्ता भएको पत्रमा उल्लेख छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया