सभापति देउवा एमालेको चियापानमा सहभागी, अध्यक्ष ओलीद्वारा भव्य स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)को चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।
बुधबार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दशैँ, तिहार लगायतका पर्वहरूको अवसरमा शुभकामना आदान प्रदान गर्न चियापान तथा शुभकामना कार्यक्रम राखेको थियो ।
सभापति देउवा कार्यक्रममा सहभागी भएर एमालेका अध्यक्ष केपी ओलीलाई शुभकामना दिएका छन् । देउवालाई ओलीले कार्यक्रममा भव्य रुपमा स्वागत गरेका छन् । देउवा र ओलीबीच राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।
सभापति देउवाले एमालेका अध्यक्ष ओलीलाई चियापान तथा शुभकामना आदान प्रदानको कार्यक्रममा निमन्त्रणा गरेकोमा धन्यावाद समेत दिएका छन् ।
कार्यक्रममा एमाले सभापति देउवासहितका नेता, आफ्नो पार्टीका नेता कार्यकर्ता लगायतलाई बोलाएको थियो ।
एमालेको चियापान कार्यक्रममा कांग्रेसका नेताहरू प्रकाशमान सिंह, रमेश लेखक, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू पनि सहभागी भएका थिए ।










बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया