प्रधानमन्त्रीलाई घोराही-तुलसीपुर सडकमा सार्वजनिक बसमा चढाउन देवकोटाको प्रस्ताव
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले दाङको घोराही–तुलसीपुर सडक खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक यातायातबाट सवार गराउन माग गरेकी छिन् ।
मंगलबार बसेको राष्ट्रय सभाको बैठकमा शून्य समयमा बोल्दै देवकोटाले घोराही–तुलसीपुर सडक जीर्ण र धुलाम्य हुँदा पनि राज्यका निकायको ध्यान पुग्न नसकेको बताइन् । उनले भनेकी छिन्, ‘दाङको घोराही–तुलसीपुर सडक खण्ड अत्यन्तै जीर्ण छ । धुलाम्य छ । सडकका कारण नागरिकले सास्ती व्यहोर्नु परेको छ ।’
‘जोखिमपूर्ण यात्रा गर्दा धेरैको ज्यान गइसकेको छ । सम्बन्धित निकायको ध्यान जान सकेको छैन’, देवकोटाले भनिन्, ‘प्रधानमन्त्री आकाशमार्ग हेलिकप्टरबाट दाङ पुग्नु हुन्छ । घोराही–तुसीपुर सडकको अवस्थाबारे राज्य बेखबर भएको महशुस भएको छ ।’
उनले भनिन्, ‘प्रधानमन्त्री ज्यू दाङको घोराही–तुलसीपुर सडकमा सार्वजनिक यातायातबाट यात्रा गरी दङ्गाली जनता सास्ती महशुस गर्न आग्रह छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया