काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा प्रहरी छापा, मान्छेहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका–२ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपियाँ र ७ बुक ताससहित पक्राउ गरेको छ ।
ललितपुरको गोदावारी नगरपालिका–१० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया