बर्दिया र झापामा दुई बालिकाहरूलाई करणी

काठमाडौं । प्रहरीले बर्दिया र झापाबाट दुईजना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।

बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 November 1, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया