गल्कोपाखाबाट ललितपुरका विश्व मल्ल पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले नक्कली घुमुवा प्रहरीलाई पक्राउ गरेर पुर्पक्षका लागि पठाएको छ ।

कात्तिक ११ गते बिहान ४ बजेर ३० मिनटमा काठमाडौं महानगरपालिका वडा नं.२६ गल्कोपाखामा प्रहरीको घुमुवा हुँ भनेर सर्वसाधारणलाई दु:ख दिने वर्ष २२ का विश्व मल्ललाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.६ टीकाभैरव घर भई हाल टोखा नगरपालिका वडा नं.११ भण्डारीटोलमा बस्ने विश्व मल्ल बलराम मल्लका छोरा हुन् ।

विश्व मल्लले बाटो हिडीरहेका सर्वसाधरण मानिसहरूलाई बाटो छेकी म नेपाल प्रहरीको सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनि नेपाल प्रहरीको नक्कली परिचयपत्र देखाई तलासी लिन खोजी दु:ख हैरानी दिइरहेको अवस्थामा प्रहरी बृत लैनचौरबाट ड्यूटीमा खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको थियो ।

विश्व मल्लको शरीर तलासी लिदा नेपाल प्रहरीको नक्कली परिचय पत्र थान १ (एक), उनले प्रयोग गर्दै आई रहेको बा.६७प ५७९९ नं. को स्कुटर थान १ र सो स्कुटरको डिकीभित्र धारीलो हतियार खुकुरी थान १ (एक) फेला पारी बरामद भएको छ ।

विश्व मल्ललाई लिखत सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्यादथप अनुमति लिई अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत अदालतमा अभियोगसहित उनलाई पेश गरीएको छ ।

कात्तिक १३ गतेको दिन जिल्ला अदालत काठमाडौंको आदेशले विश्व मल्ललाई पुर्पक्षको लागि कारागारमा थुनामा राख्ने आदेश भएसंगै निजलाई कारागार कार्यालय जगन्नाथदेवलमा थुनाको लागि चलान भएको छ ।

Published : Wednesday, 2023 November 1, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया