सामाखुसी टाउन प्लानिङमा अप्सराको घरमा प्रहरी छापा, विभिन्न ठाउँ ४६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको सामाखुसीसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दीको घोरेपानी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपियाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

धादिङको निलकण्ठ नगरपालिका–३ एमाले चोक नजिक बस्ने आशिष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८ सय २५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

तेह्रथुमको लालिगुँरास नगरपालिका–२ प्रगती टोल बस्ने ३८ वर्षीय बीरबहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 November 1, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया