सशस्त्र प्रहरीद्वारा धनुषा र रौतहटमा भन्सार छलीका सामान बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले धनुषा र रौतहट जिल्लामा लाखौँ रुपियाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरेको छ ।
धनुषाको मिथिला नगरपालिका १० स्थित बडहरीबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार सुरक्षा बेश जनकपुरले विशेष सूचनाको आधारमा अबैध रुपमा गोदाममा स्टोर गरी राखिएको अवस्थामा २ हजार ९ सय ६० वटा मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरिएको जनाएको छ ।
यता, रौतहटको राजपुर नगरपालिका २ फतुहाबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपियाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले बीआर ०५ एल ३५९० नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बिल बिजक फेला नपरेपछि नं. ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।
यमुनामाई गाउँपालिका ४ बमनहर ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीब १ लाख ३२ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
बिलबिजक नभएको ती लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फतुहाले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया