एसपी ज्ञवालीलाई सिड्नीमा समाजद्वारा सम्मान
सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित ‘नेपाली अभिभावक समाज सिड्नी’ले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीलाई सम्मान गरेको छ ।
नेपाली समयअनुसार सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा एसपी ज्ञवालीलाई सम्मान गरिएको युवा व्यवसायी महेश प्रसाईंले बताएका छन् । कार्यक्रममा निगम हुमागाईंलाई पनि समाजले सम्मान गरेको छ ।
एसपी ज्ञवाली पारिवारिक कार्यक्रममा सहभागी हुन सिड्नीमा छन् । उनले आफूलाई सिड्नीमा रहेका नेपालीहरूबाट पाएको सम्मान र स्वागतबाट निकै खुसी लागेको जनाएका छन् ।
समाजका अध्यक्ष श्रीराम भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रमा शिवप्रसाद घिमिरेले स्वागत मन्तव्य दिएका थिए । समाजका सचिव राजकुमार बर्तौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा युवा व्यवसायी तथा नेपाली अष्ट्रेलिया युथ अर्गनाइजेशनका पूर्वअध्यक्ष प्रकाश खरेललगायतका नेपालीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दशैँको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको व्यवसायी प्रसाईंले बताएका छन् ।
सान् २०१२ मा स्थापना भएको समाजले अष्ट्रेलियामा नेपालीहरूको पक्षमा काम गर्दै आएको छ ।




बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया