बुवालाई मार्छु भनेर राखेको बन्दुक प्रहरीद्वारा बरामद

काठमाडौं । प्रहरी अर्घाखाँचीबाट भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका–९ निनुखर्क बस्ने २६ वर्षीय विष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विष्णु कुँवरले आफ्नै बुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

Published : Monday, 2023 October 30, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया