साहिल र सरफराजलाई वीरगंजमा हतियारसहित पक्राउ

वीरगंज । वीरगंजको ड्राईपोर्ट चोकबाट हातहतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले १ थान कटुवा पेस्तोलसहित वीरगंजका दुई जनालाई युवकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी सिर्सियाबाट ड्राईपोर्ट चोकस्थित सडकखण्डमा खटिएको चेकिङ् टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकललाई रोकी चेकजाँच गर्दा सवारी चालकले पिठमा बोकेको झोलाबाट १ थान कटुवा पेस्तोल पक्राउ गरेको पर्सा प्रहरी प्रमुख (एसपी) कोमलबिक्रम शाहले बताएका छन् ।

कटुवा पेस्तोलसहित पक्राउ पर्नेमा वीरगंज वडा नम्बर २६ का साहिल अंसारी र सोही वडाका सरफराज अंसारी रहेका छन् ।

उनीहरूलाई पक्राउ गरी हातहतियार सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2023 October 30, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया