जसपाका केन्द्रीय सदस्य सिंह सयौं नेता कार्यकर्तासहित कांग्रेसमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह सयौँ नेता तथा कार्यकर्तासहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसको सर्लाही क्षेत्र नम्बर ३ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जसपाका केन्द्रीय सदस्य अशोककुमार सिंहलाई कांग्रेसको मधेश प्रदेश कार्यसमितिका उप–सभापति वीरेन्द्रप्रसाद सिंहले स्वागत गरेका छन् । वीरेन्द्रप्रसाद सिंह मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि हुन् ।
केन्द्रीय सदस्य अशोककुमार सिंहसहित जसपा छाडेर आएका नेता, कार्यर्तालाई पनि कांग्रेसमा प्रवेश गराइएको छ ।
मधेश प्रदेशमा नेपाली कांग्रेसप्रतिको लोकप्रियता बढ्ने क्रममा छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया