शीतलबहादुर राईको हत्या अभियोगमा दुई जना पक्राउ
काठमाडौं । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोलुखुम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।
महाकुलुङ गाउँपालिका–२ पेल्माङ बस्ने ५० वर्षीय शीतलबहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।
मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै–झगडामा शीतलबहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै–झगडामा संलग्न धरनबहादुर र समितलाई पक्राउ गरेको छ ।
Published : Sunday, 2023 October 29, 11:34 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया