काठमाडौंमा कार्यरत हबल्दारको मृत्यु, प्रहरीले दियो सम्मानसहितको श्रद्धाञ्जलि
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हबल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।
काठमाडौं प्रहरीका अनुसार कर्तब्य पालनको सिलसिलामा कार्कीको असामयिक निधन भएको हो । कार्कीको निधनबाट समस्त परिवारजन, जिल्ला प्रहरी परिसर, काठमाडौं मर्माहित एवम् स्तब्ध भएको शोक वक्तव्यमा उल्लेख छ ।
जिल्ला प्रहरी परसर, काठमाडौंको कार्यक्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका कार्की एक ईमान्दार, कर्तव्यनिष्ठ एवम् कुशल प्रहरी कर्मचारी रहेको जनाइएको छ ।
शनिबार प्रहरी वरिष्ठ हवल्दार कार्कीको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । त्यस क्रममा कार्कीलाई नेपाल प्रहरीको टोलीले सम्मान गर्नुका साथै शवमा नेपाल प्रहरीको झण्डा समेत ओढाइएको छ ।
Published : Sunday, 2023 October 29, 10:08 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया