फलाँटेमा लाक्पाडिकु शेर्पाको हत्या, दावा पक्राउ

काठमाडौं । खोटाङ जिल्लामा ३६ वर्षीया लाक्पाडिकु शेर्पाको आफ्नै पतिले हत्या गरेका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ लालिखर्कस्थित फलाँटे बस्ने लाक्पा डिकु शेर्पा घर नजिकै गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनकै श्रीमान ४० वर्षीय दावा शेर्पाले मादक पदार्थ सेवन गरी सामान्य वादविवादमा चिर्पट प्रहार गरेको र लाक्पा बाटोमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ समेतबाट खटिएको प्रहरीले दावालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यता, झापाको अर्जुनधारा नगरपालिका–११ नँया बसपार्कस्थित मे.१ ज १३३८ नम्बरको बोलेरोमा पाँचथरको ओयामबाट यात्रा गर्दै आएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बसेको सिटमै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Friday, 2023 October 27, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया