तमागर जंगलबाट भरूवा बन्दुक बरामद

काठमाडौं । रूकुम पूर्व जिल्लामा प्रहरीले दुई थान वेवारिसे अवस्थामा रहेका बन्दुक बरामद गरेको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित तमागर जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक २ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी चौकी हुकामबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Friday, 2023 October 27, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया