भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी

काठमाडौं । भोजपुर जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 October 25, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया