प्रहरी महानिरीक्षक कुँवरद्वारा टीका तथा प्रसाद प्रदान

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वडा दशैं २०८० को अवसरमा बुधबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

Published : Wednesday, 2023 October 25, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया