मोरङमा पेस्तोल र गोलीसहित रविन्द्रकुमार पक्राउ
काठमाडौं । मोरङमा प्रहरीले कटुवा पेस्तोल र गोली ३ राउण्डसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
धनपालथान गाउँपालिका–२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बस्ने २७ वर्षीय रबिन्द्रकुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Saturday, 2023 October 21, 9:11 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया