काठमाडौंमा सिन्धुपाल्चोकका छिरिङसहित चार जनाको ग्याङ पक्राउ

काठमाडौं । काठमाडौंको माछापोखरी कुमारीस्थानबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।

१ ग्राम ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय छिरिङ्ग लामासमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले छिरिङ्गको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Thursday, 2023 October 19, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया