एक किलो लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले दार्चुला जिल्लाबाट दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको जनाएको छ ।

मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्ती थक्तोलीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ केजी ६ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा बझाङको बुंगल नगरपालिका–७ अठपाली बस्ने ३६ वर्षीय उज्जलबहादुर बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्तीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेकाउनीहरूलाई जाँच गर्ने क्रममा चरेससहित फेला पारी पक्राउ गरेको हो ।

Published : Thursday, 2023 October 19, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया