प्रधानमन्त्री दाहाल जोमसोमतिर उडे, मुक्तिनाथ मन्दिर, कोरोला र कागवेनीको अवलोकन
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ गएका छन् ।
बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल जोमसोम प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तन सम्बन्धि मुद्दामा स्थानीय समुदायसङ्ग अन्तरक्रिया गर्नुका साथै दाहालले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागवेनीको अवलोकन गरेको स्वकीय सचिव रमेश मल्ले बताएका छन् । दाहालले मुक्तिनाथ मन्दिरको पनि अवलोकन गरेका छन् ।
जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री दाहाल जोमसोम गएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग दाहालले अन्तरक्रिया गर्नेछन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया